सप्तरी, १५ बैशाख । सप्तरीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
बोदे बरसाइन नगरपालिका–८ सोनापुर बस्ने ६० वर्षीय मोहन साहको चट्याङ लागेर आइतबार दिउसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै खेतको गहुँको मुठो बाध्ने क्रममा चट्याङ लाग्दा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया