चट्याङ लागेर मृत्यु

समाचार

4/7/2019

झापा, २३ चैत । मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी बस्ने ४० वर्षीय प्रकाश राउतको चट्याङ लागेर शनिबार बिहान मृत्यु भएको छ ।

आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लाग्दा गम्भीर घाइते भएका उनको ओम साई पाथिभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै चट्याङ लागेर घाइते भएका राउतकी श्रीमती ३५ वर्षीया सुनिता राउत र भाउजु ३६ वर्षीया मञ्जु राउतको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ