‘चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा सम्बर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध’

समाचार

1/14/2020

जनकपुरधाम, १ माघ । ’मकर संक्रान्ति तथा माघी पर्व,२०७६’को अवसरमा प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री राउतले बुधबार जारी गरेको शुभकामना सन्देशमा प्रदेश, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।

‘जातीय तथा धार्मिक–साँस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा यस मकर संक्रान्ति तथा माघी पर्वलाई विभिन्न समुदायले आफनो मुख्य पर्वको रुपमा हर्षोल्लासपूर्वक धूमधामले मनाउने गर्दछन् ।’ शुभकामना सन्देशमा भनिएको छ ।

तीलको लड्डु, खिचडी, तरुल लगायतका कन्दमूल तथा घिऊ, चाकु लगायतका परिकार खाई मनोरञ्जन पूर्वक खुशी साटासाट गरी मनाइने यस पर्वले हामी नेपालीबीच बन्धुत्व, एकता र सदभाव कायम राख्न मद्दत पुयाएको छ ।

यस्ता चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा सम्बर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको छ। विविधताले सम्पन्न सिंगो नेपाली संस्कृतिभित्र महत्वपूर्ण रहेको यस महान पर्वले सबै नेपालीमा उत्साह एवं उमंग थपोस र सबै नेपाली बीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सकोस भन्ने कामना मुख्यमन्त्री राउतले गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ