काठमाडौं, ३ असार । गुठी सम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ सरकारले फिर्ता लिने निर्णय गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै सो विधेयक फिर्ताको घोषणा गरेकी छन् ।
उक्त विधेयकलाई लिएर जनसमुदायमा विभिन्न किसिमका उत्तेजित पार्ने र वातावरणलाई विथोल्ने कोशिस भएकोले सम्बन्धित सरोकारवालासँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएकोले सो विधेयक फिर्ता लिने निर्णय गरेको मन्त्री अर्यालले जनाएकी छन् ।
तपाईको प्रतिक्रिया