चितुवाको छालासहित दुई जना पक्राउ

समाचार

1/28/2020

दाङ, १४ माघ । दंगिशरण गाउँपालिका–१ बस्ने २४ वर्षीय चेत बहादुर पुन र सोही ठाउँ बस्ने २४ वर्षीय सौगात घर्तीलाई चितुवाको छाला १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कमा उनीहरूको झोला तलासी गर्दा झोलाभित्र लुकाई राखेको उक्त चितुवाको छाला फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ