काठमाडौं, २३ पुस । जनकपुर–जयनगर–कुर्था खण्डमा माघ तेस्रो सातादेखि रेल सञ्चालन गर्ने तयारी भएको छ । नयाँ रेल बनाउने जिम्मा पाएको भारतको कोकन रेलवेज कर्पोरेसन लिमिटेडले नेपालका लागि रेल बनाउँदै छ ।
कोकन रेलवेजले भारतको चेन्नईमा नेपाल आउने रेल बनाइरहेको छ ।
रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार जनवरी ३० सम्म कोकन रेलवेजले रेल हस्तान्तरण गर्नेछ । उहाँका अनुसार फेब्रुअरी पहिलो सातादेखि जनकपुर–जयनगर–कुर्था खण्डमा रेल चलाउने तयारीमा छ ।
जनकपुर–जयनगर–कुर्था खण्डमा चल्ने रेल भारतमा तयार भइसकेको छ । उनले भने, ‘अहिलेसम्म निर्माणकर्ता कम्पनीले जनवरी ३० सम्म पहिलो रेल दिने बताएको छ । जसले गर्दा फेब्रुअरी पहिलो सातासम्म रेल चलाउनु पर्नेछ ।’
तपाईको प्रतिक्रिया