काठमाडौं, २१ माघ । चीनमा महामारीको रुपमा तीव्र गतिमा फैलिरहेको नोबेल कोरोना भाइरसबारे प्रतिनिधिसभा बैठकमा व्यापकरुपमा बहस भएको छ ।
प्रतिनिधिसभा सदस्यहरुले चीनको कोरोना भाइरस नेपाल भित्रिनसक्ने आशंका व्यक्त गर्दै त्यसप्रति नेपाल सरकार सजग रह्न सुझावसहित नेपालको सरकारको आलोचनासमेत गरेका छन् ।
यसैक्रममा मंगलबारको बैठकमा सम्बोधन गर्दै समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य प्रदीप यादवले चीनमा रहेका नेपालीलाई फर्काएपछि संसद भवन खाली गरेर राख्न प्रस्ताव गरे । उनले संसद भवन खाली गरेर बाहिर पालमा संसद चलाउन माग गरे ।
सांसद यादवले सरकारले पाँच दिनदेखि लगातार खोज्दा पनि चीनबाट ल्याउने नेपाली राख्ने ठाउँ नपाउनु दुखद भएको भन्दै उनले संसद भवन नै खाली गर्न प्रस्ताव गरेका हुन् ।
सांसद यादवले सरकारले ५ दिनदेखि उनीहरुलाई राख्ने ठाउँ नपाइरहेको भन्दै आएको तर काठमाडौंमै हायात होटेलको ३०४ रोपनी जग्गा कब्जा गरिएको भन्दै यदि त्यसो होइन भने त्यसलाई खाली गरेर उनीहरुलाई त्यहाँ ल्याएर राखेर जीवन बचाउन आग्रह गरे ।
तपाईको प्रतिक्रिया