चिनियाँलाई भारत प्रवेशमा रोक

समाचार

2/8/2020

काठमाडौं, २५ माघ । चीनमा कोरोना भाइरस महामारीको रुपमा फैलिएपछि भारतले चिनियाँ नागरिकको प्रवेशमा रोक लगाएको छ ।

भारतको केन्द्र सरकारले स्थलमार्ग हुँदै मुलुकमा भित्रिने चिनियाँ नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएको हो । सरकारले स्थलमार्ग हुँदै भित्रिने चिनियाँलाई भिसा वा आगमनको अनुमति नदिन मातहातका अध्यागमन कार्यालयलाई निर्देशन दिएको हो ।

कोरोना भाइरसका कारण स्थलमार्ग हुँदै भारतमा भित्रिने चिनियाँ नागरिकको आगमनमा प्रतिबन्ध लगाइएको भारतको महारागंज जिल्लाको सोनौली प्रहरी चौकीका प्रमुख एस.आई. अशोक कुमारले पुष्टि गरे ।

प्रतिबन्धको आदेश अघि आगमनको अनुमति लिइसकेको चिनियाँ नागरिकलाई भने भारतमा प्रवेशमा रोक लगाइने छैन । अन्य नयाँ चिनियाँ नागिरकको हकमा भने भिसा वा अगामनको अनुमति दिइने छैन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ