काठमाडौं, २६ माघ । भारत सरकारले चीनबाट कुनै पनि यात्रु नल्याउन आफ्ना सबै विमान सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ । यो व्यवस्थासँगै अब भारतले कुनै चिनियाँ सहरहरुमा उडान गर्ने छैन ।
कोरोना भाइरस संक्रमणबाट बच्न भारतले चीनबाट कुनै पनि यात्रु नल्याउन आफ्ना विमान कम्पनीहरुलाई निर्देशन दिएको हो । भारत सरकारको अध्यागमन कार्यालयले चीनबाट कुनै चिनियाँ वा अरु कुनै देशको नागरिकलाई नल्याउन आफ्ना विमान सेवा कम्पनीहरुलाई आग्रह गरेको हो ।
भारतले यो व्यवस्था तत्काल लागू हुने गरी पालना गर्न र अर्को व्यवस्था नहुञ्जेलसम्म कायमै राख्न पनि निर्देशन दिएको छ । चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म ६३६ को ज्यान गइसकेको छ ।
तपाईको प्रतिक्रिया