चर्को ब्याजदरमा ऋण दिने यादव हिरासतमा

समाचार

1/8/2020

काठमाडौं, २३ पुस । चर्को ब्याजदरमा ऋण दिने सर्लाही जिल्लाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चर्को ब्याजदरमा ऋण दिने र ऋण तिर्न नसक्नेहरुको जग्गा कब्जा गर्ने रामबाबु राय यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीले यादवलाई बुधबार पक्राउ गरेको हो । करिब एक दर्जन पीडितहरु न्याय खोज्दै काठमाडौं आएपछि प्रहरीले यादवलाई नियन्त्रणमा लिएको हो ।

यादवले सर्लाहीका रामप्रवेश महतो, सुरेश शाह, सहदेव राय, मोह शाह, पिताम्बर महतो, बिकाउ ठाकुर, राजुप्रसाद कुसवाह, कपुरी ठाकुर लगायतलाई चर्को ब्याजदरमा ऋण दिएका थिए ।

उनीहरुमध्ये सुरेशले ६० हजार रुपैयाँ ऋण लिएर ७ लाख ४२ हजार रुपैयाँ तिरिसकेका छन् । तर, अझै ऋण चुक्ता नभएको भन्दै जग्गा समेत कब्जा गरिएको पीडितको गुनासो छ ।

यादव राजपाका केन्द्रीय सदस्य पनि हुन् । उनी स्थानीय तहको निर्वाचनमा बरहथवा नगरपालिकाबाट मेयर पदका लागि उम्मेवार बनेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ