चोरीको मोटरसाइकलसहित पक्राउ

समाचार

11/4/2018

रौतहट, १७ कार्तिक । रौतहट जिल्लाको सदरमुकाम गौरस्थित जिल्ला भन्सार कार्यालयबाट मोटरसाइकल चोरी गरी फरार भएका चोर मोटरसाइकल सहित पक्राउ परेका छन् ।

गौर नगरपालिका वड़ा नंबर ८ बस्ने श्रीकान्त यादवको BR30L 9249 नंबरको मोटर साइकल चोरी भएको सूचनाको लगतै खोजी कार्यमा खटेका प्रहरीको गस्ती टोलीले स्थानीय वड़ा नंबर २ महादेवपट्टीबाट चोरी भएको मोटरसाइकल सहित चोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यादव संचार क्षेत्रमा कार्यरत रहेका छन । भन्सार नजिकै रहेको रेडियोमा काम गर्दै आएका यादव भन्सार नजिक मोटर साइकल लगाएर भन्सार कटाऊंन कार्यलय भित्र गएपछि चोरले चोरी गरी फरार भएको थियो ।

महादेवपट्टी हुदै नजिकै रहेको भारतीय सीमा पारी जान खोज्दा प्रहरीले चोर स्थानीय गौर नगरपालिका १ बस्ने सिधान्त कुमार पासवानलाई पक्राउ गर्न सफल भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ