कैलाली, १३ मंसिर । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ८ स्थित क्याम्पस रोडबाट एपीएफ टोलीले करीव ३ लाख ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको धनगढी उपमहानगरपालिका ३ बस्ने ४८ वर्षिय प्रताप नाथ र बैतडी जिल्लाको गोकुलेश्वर ५ बस्ने २५ वर्षिय नाराह बोहरा छन् ।
त्यसवेला उनीहरुले भारतबाट अवैध रुपले से १ ह १२८५ नम्बरको अटो रिक्सामा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको १ सय ९७ वटा लेडिज सुट सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा कैलाली नम्बर ३४ गणबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
तपाईको प्रतिक्रिया