पर्सा, २ पुस । पर्सा जिल्लाको बिरगञ्ज महानगरपालिका ११ स्थित रानीघाटबाट एपीएफ टोलीले करीव १ लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्टस तथा हार्डवयरका सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपमा तीन वटा साइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सिर्सियाबाट सशस्त्र प्रहरी नायव निरीक्षक रामशरण सिलवालको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विरगञ्जमा बुझाइएको छ ।
तपाईको प्रतिक्रिया