रुपन्देही, २३ जेठ । जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट एपीएफ टोलीले करिव १ लाख १६ हजार रुँपैया बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट भन्सार छली अवैधरुपमा नेपालतर्फ ल्याँउदै गरेको उल्लेखित मुल्यबराबरको लत्ताकपडा, मिठाई र हार्डवेयरका सामान सशस्त्र प्रहरी बल नेपाल, नम्वर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागी स्थानिय भन्सार कार्यालयमा बुझाएको छ ।
तपाईको प्रतिक्रिया