चोरीपैठारीको सामान बरामद

समाचार

4/18/2019

झापा, ४ बैशाख । झापा जिल्लाको मेचीनगर नगरपालिका ६ बसपार्क ईलाकाबाट एपीएफ टोलीले करीब ४ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

उल्लेखित मूल्य बराबरको विभिन्न औषधी, युरिया मल, धाराको सामान र किराना सामानहरु सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा झापा नम्बर ८ गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक जिरञ्जीवी प्रसाईको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ