बाँके, २ जेठ । नेपालगंज उपमहानगरपालिका ४ सुर्जिगाउँ डेरा गरी बस्ने रोल्पा थवाङ घर बताउने २३ वर्षीया रेखा पुनको कोठाबाट अवैध लागूऔषध चरेस४ किलो ७ सय ५० ग्राम प्रहरीले बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले पुनको कोठा तलासी गर्दा उक्त लागूऔषध बरामद भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया