चोर खोज्दै नेपाल प्रहरी ,हतियार समात्दै सशस्त्र प्रहरी

समाचार

1/30/2019

राकेश यादव, रौतहट, १६ माघ । रौतहट जिल्लाको ईशनाथ नगरपालिका वड़ा नम्बर १ बाट सशस्त्र प्रहरीका गस्ती टोलीले इटालियन पिस्तौल सहित १ जनालाइ पक्राउ गरेका छन् ।


नेपाल प्रहरीले व्यापक रुपमा विशेष प्रहरी परिचालन गरे पनि सफलता सशस्त्र प्रहरीले हाथ परेका छन । गोप्य सुचनाको आधारमा तैनात भएका सशस्त्र प्रहरी बल बी ओ पि औरैयाका टोलीले चेकजाच गर्ने क्रममा २ वटा हथियार सहित स्थानीय गौर नगरपालिका वड़ा नम्बर ४ निवासी ४७ वर्षीय नकुल पटेललाइ पक्राउ गरेको हो ।


हतियार बोकेर गई रहेको सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा पटेल पक्राउ परेको सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले बताएका छन । पक्राउ परेका पटेलको साथबाट १ थान कटुवा पिस्तौल र १ थान इटालियन पिस्तौल , एउटा म्यागजीन र ५ राउण्ड गोली बरामद भएको छ ।


नेपाल प्रहरी सदरमुकामबाट चोरी भैरहेको मोटरसाइकल चोरीको खोजीमा व्यस्त रहेको छ भने बोर्डर सुरक्षाको जिम्मा रहेका सशस्त्र प्रहरीले हतियार समात्ने गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ