चोरी गरिएका चाँदीका गरगहनासहित चार जना पक्राउ

समाचार

3/17/2019

महोत्तरी, २ चैत । जलेश्वर नगरपालिका–३ मालिवाडाबाट चोरी गरिएका विभिन्न चाँदीका गरगहना सहित धनुषा जनकपुर उपमहानगरपालिका–८ पगलाबाबा बस्ने २३ वर्षीय सलाम दर्जी समेत ४ जनालाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी भिठ्ठामोडबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जलेश्वर नगरपालिका–३ मालिवाडास्थित सडकमा जाँच गर्ने क्रममा उनीहरुको साथबाट घाँटीमा लगाउने चाँदीको हसुली १ थान, चाँदीको मोइल १ थान, चाँदीको बाला १ जोर र चाँदीको पाउजु १ जोर फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ