पर्सा, ११ वैशाख । वीरगंज महानगरपालिका–८ बस्ने १९ वर्षीय उत्तम गुप्तालाई चोरी गरेका सुनका गरगहना सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गत सोमबार राति वीरगंज महानगरपालिका–१५ भिष्वा बस्ने शैलकुमार सिंहको घरबाट सुनको झुमका एक जोर, कानमा लगाउने सुनको टप एक जोर, सुनको औंठी एक थान, घडी एक थान, मोबाईल एक थान चोरी भएको घटनामा संलग्न अभियुक्तको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका(८ ब्रहम चोकस्थित सडकमा गुप्तालाई चोरी भएका उक्त सुनका गरगहना सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया