मोटरसाइकल चोरी गर्ने पक्राउ

समाचार

2/6/2019

रौतहट, २२ माघ । मोटरसाइकल चोरी गर्ने भारत खुरहिया बस्ने २१ वर्षीय सरोजकुमार कुशावाहा, सोही स्थान बस्ने २१ वर्षीय आदर्शकुमार कुशावाहा र बारा सिम्रनगढ बस्ने २२ वर्षीय उमेश मुखियालाई प्रहरीले पक्राउ गरेको छ ।

भारत विहार राज्य जिल्ला मुजफरपुर थाना औरौइ बस्ने विपिन कुमारको बिआर ०६ बिसी ३२६४ नम्बरको मोटरसाकल गत माघ ५ गते रौतहट गौर नगरपालिका-१ बाट र सोही नगरपालिका-८ बस्ने सुनिल साहको बा.४० प ४५७६ नम्बरको मोटरसाइकल गत बिहीबार चोरी भई हराएको थियो ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले विभिन्न मिति र समयमा मोटरसाईकल चोरी गर्ने उनीहरुलाई उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।

साथै प्रहरीले उक्त मोटरसाइकलहरु सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको छ । उनीहरुलाई प्रहरीले अदालतबाट अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ