वीरगंज, १४ फागुन । नेपालमा पहिलो पटक फागुन १९ गतेदेखि २२ गतेसम्म अश्वमेध गायत्री महायज्ञ हुने भएको छ ।
अखिल विश्व गायत्री परिवारको आयोजना तथा वीरगंज महानगरपालिकाको सहयोग र समन्वयमा वीरगंजस्थित आदर्शनगर रंगशालामा महायज्ञ हुने भएको छ ।
महायज्ञमा पाँच लाखभन्दा बढी श्रद्धालुहरुको सहभागिता एवं एकै पटकमा ६० हजार श्रद्धालुले हवन गर्ने व्यवस्था रहेको आयोजकले गरेको छ ।
जसका लागि सनातन विधि ज्ञानसहित २५१ कुण्डीय भव्य यज्ञशाला निर्माण कार्य शुरु भइसकेको हुनाले नेपाल, भारत लगायत ४० देशबाट महायज्ञमा श्रद्धालुहरु उपस्थित हुने महायज्ञ समितिले बताएको छ ।
यस पावन अवसरमा वीरगंज लगायत आसपासका क्षेत्रमा माछा, मासु, र मदिरा बेचविखन तथा खानपिन नगरिदिन सम्पूर्ण सरोकारवालाहरुसँग हिन्दू परिषद् नेपालले अनुरोध गरेको छ ।
साथै हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलको हस्ताक्षरित सहितको विज्ञप्तीमा महायज्ञ अवधिभरि आफ्ना टोल छिमेक एवं घर आगन दुलहीझैं सिंगारी वीरगंजलाई विश्वस्तरमा चिनाउन आ—आफ्नो तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गरिदिन समेत अनुरोध गर्दै महायज्ञलाई सभ्य, भब्य एवं ऐतिहासिक बनाउन परिषद्ले अपिल गरेको हो ।
साथै हिन्दू परिषद् नेपालसँग आबद्ध रहेका संगठनका सदस्यहरुलाई सकृयताका साथ महायज्ञ सफल पार्न आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरि नेतृत्वदायी भूमिका खेल्न निर्देशनसमेत गरेको छ ।
तपाईको प्रतिक्रिया