अभियन्ता रायद्वारा चुरे दोहनविरुद्धको अभियान सुरु

समाचार

2/13/2020

जनकपुरधाम, १ फागुन । उमेश यादवलाई मृत्युदण्डबाट बचाएर स्वदेश फर्काउन सफल भएका सामाजिक अभियन्ता सरोज रायले चुरे दोहनविरुद्धको अभियान थालेका छन् ।

अभियन्ता रायले संघर्ष समिति बनाएर चुरे तथा वन जंगल संरक्षण अभियान थालेका हुन् ।

अभियानका सहभागीहरुले पुस २५ गते धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका क्रसर माफियाले हत्या गरेका २४ वर्षीय दिलिप महतोलाई पर्यावरण शहीद घोषणा गर्न पनि माग गरे ।

दिलिपका परिवारले उनको सपना पूरा गर्न अभियान्ता रायलाई जिम्मेवारी सुम्पेका थिए । दिलिपका परिवारले दिएको जिम्मेवारीपछि चुरे दोहनविरुद्धको अभियानअन्तर्गत संघर्ष सुरु गरेको अभियान्ता रायले बताए ।

अभियानले फागुन २ गते महोत्तरीको बर्दिवास, फागुन ३ गते सर्लाहीको लालबन्दी र काठमाडौं माइतीघर मण्डला, फागुन ४ गते रौतहटको चन्द्रनिगाहपुर, फागुन ५ गते बाराको सिमरा र फागुन ६ गते पर्साको विरगञ्जमा दिलीपका हत्यारालाई कडा कारबाही र पर्यावरण सहिद घोषणा गर्ने माग सहित प्रदर्शन गर्ने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ