चुरे दोहन बढ्यो

समाचार

5/10/2019

बाँके, २६ बैशाख । सोनारी गाउँपालिका–७ लालपुर नजिकैको सामुदायिक वनबाट अवैध ढुंगा उत्खनन भइरहेको छ ।

मण्डपवा सामुदायिक वनक्षेत्रको चुरे पहाडबाट लामो समयदेखि ढुंगा उत्खनन गर्दै राप्ती नदीमा निर्माण भइरहोको तटबन्धका लागि पु¥याउने गरिएको छ ।

अन्यत्रबाट ल्याउँदा ढुवानी खर्च बढी लाग्ने भएकाले ठेकेदारले वन उपभोक्ता समिति, जनप्रशासासँगको मिलेमतोमा अवैध ढुंगा प्रयोग गरिरहेको स्थानीयवासीको भनाइ छ ।

मण्डपवा सामुदायिक वनक्षेत्रमा पर्ने चुरे पहाडबाट दैनिक करिब ३० ट्याक्टरको ट्रलीमा ढुंगा उत्खनन भइरहेको स्थानीयवासीले जानकारी दिएका छन् । एक ट्रलीमा करिब चार घनामिटरसम्म ढुंगा ढुवानी हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ