होटलमा कार्यरत चार बालबालिकाको उद्धार

समाचार

10/18/2019

वीरगन्ज, १ कार्तिक । वीरगन्ज महानगरपालिकालाई बालमैत्री महानगरपालिका बनाउने अभियानमा नगर प्रमुख विजय कुमार सरावगी आफै होमिएका छन् । बालश्रम अपराध हो भन्ने महानगरपालिकाले पटक पटक सुचित गरेपनि केहि होटल, रेष्टुरेन्ट तथा नास्ता होटलका संचालकहरुले अटेरी गरेर बालकहरुलाई श्रम गराएको सूचनाको आधारमा बिहिबारदेखि नगर प्रमुख सरावगीलो बालबालिकारुलाई उद्दार गर्ने अभियान आफ्नै नेतृत्वमा सुरु गरेका छन् ।

वीरगन्जको माइस्थान, मिना बजार र होटल क्राउन प्लाजाका नास्ता होटलहरुमा नगर प्रमुख सरावगीको नेतृत्वमा महानगरपालिकाले गरेका अनुगमनमा ४जना बालबालिहरुलाई उद्धार गरिएको हो । नगर प्रमुख सरावगीको नेतृत्वमा महानगरपालिका बालमैत्री फोकलपर्सन मुकेश गुप्ता, बाल हेल्प लाइनका प्रमुख मुकेश साह,जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नगरिक सेवा केन्द्रकी प्रतिनिधि तनुजा श्रेष्ठ र अनिता राउत, बाल हेल्पका शम्भु साह र श्याम चौधरी लगायतकको टोलीले अनुगमन गर्दा बालबालिकाहरुको श्रम शोषण गरिएको पाएपछि उद्धार गरिएको जनाइएको छ ।

विरगन्जको माइस्थान र मिनाबजारमा रहेको विभिन्न नास्ता पसलहरुमा बालिबालिहरुलाइ भाडा बर्तन मजाउने, होटल सफा गराउने जस्ता बालश्रम शोषणका कार्य गर्ने गराउने पाएपछि बालबालिकाहरुलाई नियन्त्रणमा लिएर उद्धार गरिएको हो । एकचोटीको लागी होटल व्यवसायीहरुलाई चेतावनी दिँदै पुन यस्तो कार्य गर्ने गराउने गरिएको पाइएमा कडा भन्दा कडा कार्यवाही गरिने चेतावनी दिँदै उद्धार गरिएको बालबालिहरुलाई अभिभावहरुको जिम्मा लगाउने गरि बाल हेल्पलाइनमा जिम्मा लगाएको महानगरपालिकाले जनाएको छ । ,

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ