चार विद्यालयलाई शुद्ध पिउने पानी

समाचार

1/28/2020

सिरहा, १४ माघ । रोटरी क्लब अफ न्यूरोड सिटीले सिराहका चारवटा स्कुलमा शुद्ध पिउने पानी परियोजना सञ्चालनमा ल्याएको छ । क्लबले शुद्ध पिउने पानी परियोजना सञ्चालनमा आएपछि विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

सिराहाका पशुपति उच्च आर्दश मावि लाहन मटिअर्वा नगरपालिकाको वडा न ७, रामा महन्थी यादव जनता मावि सितापुर, लक्ष्मीपुर गाउँपालिका ६ बस्तीपुर उच्चमावि बस्तिपुर र लक्ष्मण ललिता कुशवाहा मावि रघुनाथपुर लहानमा शुद्ध पिउने पानी परियोजना सञ्चालन गरिएको क्लवका सर्भिस प्रोजेक्ट डाइरेक्टर नीलकण्ठ श्रेष्ठले जानकारी दिए ।

हाल सञ्चालनमा आएको उक्त परियोजना ग्लोवल ग्रान्ट न १८६२८७७ अन्र्तगत रोटरी फाउण्डेशन, ११ वटा विभिन्न रोटरी क्लव र एक रोटयाक्ट्क क्लबको सहकार्यमा सञ्चालन भएको डाइरेक्टर श्रेष्ठले जानकारी दिए ।

परियोजनाबाट दैनिक ५३ सय विधार्थी र स्थानीय लाभाम्वित हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ