झापा, २ चैत । झापा गाउँपालिका–३ सिमलबारी बस्ने ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने १६ वर्षीय बुद्धलाल मोदीलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
गत फागुन २८ गते घरमा कोही नभएको अवस्थामा बुद्धलालले ती बालिकालई जबरजस्ती करणी गरेको भन्ने खबर शुक्रबार प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले बुद्धलाललाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया