मोटरसाइकल चालकको मृत्यु

समाचार

11/26/2018

मोरङ, १० मंसिर । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आइतबार राति पश्चिमबाट पूर्व आउँदै गरेको मे ९ प २७७९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक पथरीशनिश्चरे–१० बस्ने ६५ वर्षीय ओमनाथ उप्रेतीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उप्रेतीको विराट नर्सिङ होम विराटनगरमा उपचारका क्रममा सोमबार बिहान ५ बजे मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ५३ वर्षीय भरतमणि आचार्य घाइते भएकाले उनको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ