चिसोबाट बच्न घरमै पुगेर कम्बल बाँड्दै नगरप्रमुख सरावगी

समाचार

12/22/2019

वीरगन्ज, ७ पुस । शीतलहरलाई मध्यनजर गर्दै घर–घरमै पुगेर नगरप्रमुख विजय कुमार सरावगीले कमबल बाँडेका छन् ।

आइतबार साँझ वीरगन्ज महानगरपालिकाको सुगौली र उदयपुर घुर्मी गाउँमा पुगेर कम्बर वितरण गरेका छन् ।

एकल महिला, आर्थिक अवस्था कमजोर भएका दलित, जनजाति तथा मुस्लिम समुदायका व्यक्तिहरुको घरघरमै चिसोबाट जोगीन सल्लाह दिँदै कम्बल वितरण गरेका हुन् ।

वीरगन्जका व्यापारी एवम् समाजसेवी राम सर्राफले व्यवस्थापन गरेका लगभग ढेड सय कम्बल नगर प्रमुख सरावगीले सुगौली उदयपुर घुर्मीमा अबेर रातीसम्म बाँडेका थिए ।

उनले आफु जनताकै मतबाट चुनिएकोले जनताको हरेक सुख दुखमा जनताकै साथमा रहने अभिप्रायले चिसोलाई मध्यनजर गर्दै कम्बल बितरणसंगै भविष्यमा गर्न सहयोगको बारेमा जनताको घरदैलोमा पुगेको बताए ।

कम्बल बितरण कार्यमा उनीसँगै समाजसेवी राम सर्राफ, पार्टीका स्थानिय नेता ग्यासुदिन मिया, राजनीतिक सल्लाहकार मुकेश द्विवेदी, युवा नेता पिन्ट उपाध्याय, अनुज गुप्ता, असलम अंसारी, विद्यार्थी नेता अमरनाथ शर्मालगायत स्थानीय बुद्धिजिवि तथा समाजसेवीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ