रुपन्देही, ७ माघ । चिसोबाट बच्नका लागि सैनामैना नगरपालिकाले ज्येष्ठ नागरिकलाई ६ सयभन्दा बढी कम्बल वितरण गरेको छ ।
नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले मंगलबार कम्बल वितरण गरेका हुन् ।
उनले ज्येष्ठ नागरिकको सम्मानका लागि वर्षमा एक पटक यस्ता कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।
जेष्ठ नागरिकका लागि नगरपालिकाभित्र प्रदेशस्तरीय सुविधासम्पन्न जेष्ठ नागरिक संरक्षण ग्राम बनाउन थालिएको नगरपालिकाले जनाएको छ ।
सैनामैना–१, बनकट्टाको ४ बिघा जग्गामा संघ र प्रदेश सरकारको आर्थिक सहयोगमा ग्राम बन्न थालेको हो ।
तपाईको प्रतिक्रिया