छठ पर्वको अवसरमा सशस्त्र प्रहरी बलद्वारा नदी तलाउ तथा मठमन्दिर सरसफाई

समाचार

11/12/2018

काठमाडौं, २६ कार्तिक । छठ पर्वको अवसरमा सशस्त्र प्रहरी बल नेपालले देशभरका १ सय ७८ नदी तलाउ तथा मठमन्दिर सरसफाई गरेको छ ।

सो पर्वको अवसरमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईहरुबाट व्रतालु भक्तजनहरुलाई सघाउ पु¥याउन गरिएको उक्त सरसफाईमा कुल २ हजार ३ सय ५३ जना सशस्त्र प्रहरी कर्मचारीहरु खटिएका थिए  ।

जसमध्ये काठमाडौं उपत्यकामा मात्रै विभिन्न १२ स्थानमा सरसफाई गरिएको छ भने प्रदेश १ मा २० तथा प्रदेश २ मा ८८ र प्रदेश ३ मा ७ स्थानमा सरसफाई गरिएको छ । 

यसैगरी, प्रदेश ४ मा १५ तथा प्रदेश ५ मा २६ र प्रदेश ६ मा ७ तथा प्रदेश ७ मा ३ ठाउँमा रहेका नदि तलाउ तथा मठमन्दिरहरुमा सरसफाई गरिएको छ ।

स्थानीय व्रतालु भक्तजनहरुले व्रतका अवसरमा प्रयोग गर्ने नदी तलाउ तथा मठमन्दिरहरुमा सरसफाई गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयको सूचना शाखाले जनाएको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ