रौतहट, १६ कार्तिक । गौर नगरपालिकाले हिन्दूहरुको महान आस्थाको पर्व छठका लागि तीन दिनको सार्वजानिक विदा दिएको छ ।
बिहीबार भएको प्रमुख स्तरीय बैठकबाट कार्तिक २६, २७ र २८ गते नगरपालिका मातहतको सम्पूर्ण वडा कार्यालय विषयगत शाखाहरु बन्द गर्ने निर्णयअनुसार सार्वजनिक विदा दिइएको प्रमुख प्रसाशकीय अधिकृत सुमन कार्कीले बताएका छन् ।
संघीय सरकारले छठ पर्वमा १ दिन मात्र सार्वजनिक विदा दिएपनि स्थानीय सरकारले ३ दिन विदा दिएको हु । गौर नगरपालिकाको यस्तो निर्णय स्वागत योग्य भएको स्थानीयहरुले बताएका छन् ।
तपाईको प्रतिक्रिया