छात्रवृति रकमको पोशाक वितरण

समाचार

2/19/2019

रौतहट, ६ फागुन । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवालबामा संचालित माँ शारदे प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रम विच छात्रवृति रकम वितरण गरिएको छ ।

आर्थिक वर्ष २०७५। ०७६ को प्राप्त भएको २१ हजार ६ सय रुपैयाको विद्यालय पोशाक वितरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिखारी प्रसाद यादवले विद्यालयमा अध्यनरत कक्षा १ देखि ४ सम्मका ८० जना बाल बालिकाहरुलाई पोशाक वितरण गरेको प्राध्यानध्यापक मुरारी प्रसाद यादवले जनाएका छन् ।

कार्यक्रममा शिक्षक शिक्षिका अभिभावकहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ