रौतहट, ३० पुस । रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ७ मा संचालित नेमधारी वासुदेव नमुना माध्यमिक विद्यालय मुडवलवामा अध्यनरत विद्यार्थीहरुलाई एक कार्यक्रम विच छात्रवृतिको रकम वितरण गरिएको छ ।
आर्थिक वर्ष २०७४।०७५ को छात्रवृति रकम वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष श्री रामेश्वर प्रसाद यादवज्यूको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा १ देखि कक्षा ८ सम्मका छात्रा तथा दलित छात्रालाइ जनहि ४ सय रुपैयाँका दरले तथा कक्षा ९ देखि १० सम्मका छात्र छात्रालाइ जनहि ५ सयका दरले रकम वितरण गरिएको हो ।
विद्यालयमा अध्यनरत ६७३ जना विद्यार्थी हरुलाई अभिभावकको रोहवरमा छात्रवृतिका रकम वितरण गरिएको विद्यालयका प्राध्यानध्यापक रविशंकर यादवले जानकारी दिएका छन् ।
शिक्षक रामश्रेष्ठ यादवले सञ्चालन गरेका कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रेवन्त झा , पूर्व सभासद रम्भा देवी यादव ,नेकपाका नेता राजकिशोर प्रसाद यादवले शिक्षाको सम्वन्ध आ आफ्नो मंतव्य राखेका थिए ।
तपाईको प्रतिक्रिया