छात्रा फुटबलको उपाधि जनता माध्यमिकलाई

समाचार

1/26/2020

इटहरी, १३ माघ । इटहरी उपमहानगरले आयोजना गरेको अन्तरविद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिताको उपाधि जनता माध्यमिक विद्यालय इटहरीले जितेको छ ।

फाइनल खेलमा राष्ट्रिय माविलाई ४–१ अन्तरले पराजित गर्दै उपाधी उचालेको हो । जनता स्कुलले नगद ४६ हजार, शिल्ड र प्रमाण पत्र हात पारेको छ ।

उपविजेता राष्ट्रिय माविले २५ हजार शिल्ड र प्रमाणपत्रमा चित्त बुझाएको छ । माघ ९ गतेदेखि सुरु प्रतियोगितामा इटहरीका १७ वटा विद्यालयका छात्रा टिम सहभागी थिए ।

पुरस्कार वितरण पछि इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले उपमहानगरले ६० जना छात्रालाई तालिम दिएर प्रतियोगिता समेत संचालन गरेको बताइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ