छापाखानामा आगलागी हुँदा ३० लाखको क्षति

समाचार

4/7/2019

महोत्तरी, २३ चैत । जलेश्वर नगरपालिका–२ महेन्द्रचौक नजिक सुरेन्द्र साहको पशुपति छापाखानामा बिद्युत सर्ट भई शनिबार बिहान आगलागी हुँदा फ्लेक्श प्रिन्टको मेसिन, कागजपत्र लगायत स्टेशनरीको सामान जलेर करिब ३० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ