छोरी अभिशाप नभई वरदान हो : नायिका थापा

समाचार

2/17/2019

रौतहट, ४ फागुन । रेखा थापा फाउण्डेशनका निर्देशक तथा बाल विवाह विरुद्धको अभियानको अभियन्ता अभिनेत्री रेखा थापाले छोरीहरुले जिन्दगीको सपना देख्नु पर्ने र निडर भएर बाँच्नु पर्ने बताएकी छन् ।

छोरीको निमित्त स्वर्णिम नेपाल महाअभियान कार्यक्रमअन्तर्गत गौर नगरपालिकाले सदरमुकाम गौरस्थित टैक्स मिलको सहभाहलमा शनिबार आयोजना गरेको बाल विवाह विरुद्ध संकल्प तथा मलिका फिल्म प्रदर्शनी कार्यक्रममा सम्बोधन गर्दै थापाले सामाजिक परम्परा अनुसारको जीवन बिताउनु पर्ने बाध्यताबाट बाहिर आउनु पर्ने धारणा राखिन् ।

आफै निर्देशक र अभिनय गरेकी फिल्मले बाल विवाह, दाइजो प्रथा, बलात्कार, आत्मरक्षा, सामाजिक न्याय, स्वतन्त्रता, समाजमा आफ्नो कुरा राख्नु पर्ने, बाल विवाहको विरुद्ध आवाज उठाउनु पर्ने सन्देश दिएको भन्दै नायिका थापाले छोरी हुनु अभिशाप नभई बरदान भएको दावी गरिन् ।

छोरा जस्तो कार्य गर्नु क्षमता छोरीमा भएकोले सामाजिक विकृतिको विरुद्ध उभिनु पर्ने जोड दिइन् । फिल्ममा देखिएका विषय बस्तु सामाजिक विकृति उन्मूलन गर्ने उदेश्य रहेको बताइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ