रौतहट, १४ फागुन । प्रदेश २ का सामाजिक विकासमन्त्री नवल किशोर साहले छोरी बहिनी फुटबल खेल खेलेको देखेर छाती ५६ इन्च भएको बताएका छन् ।
रौतहट जिल्लाको सदरमुकाम गौरमा मधेशी महिलाहरुको खेलकूदमा पहुंच पुर्याउने उदेश्यले स्थानीय विकास केन्द्रले आयोजना गरेको पालिका स्तरीय महिला फुटवाल रौतहट गोल्ड प्रतियोगिताको उद्घाटन समारोहलाइ सम्वोधन गर्दै मन्त्री साहले शिक्षा, स्वास्थ्यको क्षेत्रमा पछि परेका रौतहटको मधेशी समुदायको महिला फुटबल खेल्दा गौरवान्वित भएको बताए ।
संघीय सरकारले शिक्षाको अधिकार स्थानीय तह र प्रदेश सरकारको जिम्मा दिएर कटौती गर्न लागिएको आरोप लगाए । प्रदेश २ लाई पछि पार्ने षड्यन्त्र भैरहेकोले आन्दोलनको तयारी समेत गरिरहेको जनाउँदै मन्त्री साहले प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाऊ अभियानलाई यो प्रतियोगिताले टेवा पुर्याएको उल्लेख गरे ।
अधिकारको लड़ाई जारी रहेको जिकिर गरे । उनले भने जति गरे पनि पछि हटने छैनौं । आमाको गर्भदेखि मृत्युसम्मको कार्य सामाजिक विकास मन्त्रालयको जिम्मा रहेको बताउँदै मन्त्री साहले छोरीहरुको लागि गौर राइस मिलको जग्गा अधिग्रहण गर्नु पर्ने एक मात्र विकल्प रहेको बताए ।
गौर राइस मिलको जग्गा खेलकूदको लागि उपयोगी रहेकोले यसलाई जति छिटो भए अधिग्रहण गर्न मुख्यमन्त्रीलाइ आग्रह गर्ने उहाको भनाइ रहेको छ ।
कार्यक्रममा प्रदेश सांसद रामकिशोर यादवले मधेशी महिलाको विकासको लागि प्रदेश सरकारले खुलेर लगानी गरिरहेको बताएका छन ।
उनले रौतहटको शिक्षा ,स्वास्थ्य ,खेलकूदको लागि ध्यान पुर्याउनु पर्ने उल्लेख गरे । छोरीहरुको सुरक्षा अहिले जटिल समस्या बन्दै गएकोले सरकारले सुरक्षाको अनुभुति गराउनु पर्ने धारण राखे ।
सांसद बावुलाल साहले प्रदेश सरकारले राइस मिलको जग्गा अधिग्रहण गर्नुपर्ने जोड दिएका छन् । गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले महिलाहरुको विकासका लागी आफू प्रतिवद्ध रहेको बताएका छन् ।
उनले नगरको शिक्षा, स्वास्थ्य, खेलकुदको विकास पहिलो प्राथमिकता रहेको जिकिर गरे ।
दिनेश यादवको सभापतित्वमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुर, गरुडा नगरपालिकाका उपप्रमुख रंगिला देवी जयसवाल, गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की, दुर्गा भगवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश यादव, नगरपालिकाको प्रवक्ता शेख जमशैद, संघिय समाजवादी फोरम नेपालका रामेश्वर प्रसाद यादव, राजपाका नेता तथा पुर्वउपप्रमुख इसराइल अन्सारी, वडा अध्यक्ष राकेश झा, राजपाका विद्यार्थी नेता ओम प्रकाश साह मधेशिया लगायतका व्यक्ति सहभागी भएका थिए ।
पहिलो उद्घाटन मैचमा ० का विरुद्ध ५ गोलले गौर नगरपालिका विजयी भएको छ । देवाही गोनाही नगरपालिकालाई गौर नगरपालिकाले पराजित गरेको हो ।
गौर नगरपालिकाका तर्फबाट मोनिका पटेल २ गोल गरेकी थिइन् भने सोनी पटेल, रिनिका यादव, निशा पटेलले एक एक गोल गरेका थिए । ८० मिनेटको खेलमा विपक्षी टिम देवाही गोनाहीले एक वटा पनि गोल गर्न सकेन ।
उद्घाटनपछि मन्त्री साहले राजदेवी नगरपालिका ७ मुडवलवास्थित नेमधारी वासुदेव नमुना माध्यमिक विद्यालयको अनुगमन निरीक्षण गरेका छन् ।
तपाईको प्रतिक्रिया