छोरी शिक्षा बीमा मुद्दती खाता शुभारम्भ

समाचार

2/22/2019

वीरगन्ज, १० फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको शुभारम्भ गरेकी छन् ।

वीरगन्जको त्रिजुद्ध माध्यमिक विद्यालयको प्राङ्गणमा बिहीबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले माता जानकीजस्ता विभूति जन्मेको यस देशमा राष्ट्र, राष्ट्रियता र संस्कृतिप्रति गौरव गर्ने वातावरण तयार पारी छोरी शिक्षालाई अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।

प्रदेश नं २ सरकारले सो अभियानका लागि आर्थिक वर्ष २०७५ । ७६ मा करीब रु ८९ करोड विनियोजन गरेको छ । प्रदेश नं २ को सरकारले ल्याएको सो अभियानले समृद्ध समाज निर्माण गर्न तथा महिलाको उच्च प्रतिष्ठालाई सम्मान गर्न कोसेढुङ्गा सावित हुने बताउँदै राष्ट्रपति भण्डारीले वर्तमान संविधानले पनि महिलाको अधिकार सुनिश्चित गरी महिलालाई अधिकार सुम्पेको बताइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ