छ महिनामा एक सय १० को हत्या

समाचार

2/15/2019

जनकपुर, ३ फागुन । प्रदेश २ मा गएको छ महिनामा मात्रै एक सय १० जनाको हत्या भएको छ । शृंखलाबद्ध रुपमा हत्याका घटना बढे पनि नियन्त्रण र प्रभावकारी अनुसन्धान नहुँदा दोषीले उन्मक्ति पाउने अवस्था बढ्दो छ ।

गएको कार्तिक २ गते राजबिराजकी ४० वषिर्या आशा देवको घरमै हत्या भयो । प्रहरी कार्यालय नजिकै भाइटिका दिन घरेलु हतियार प्रयोग गरी आशाको हत्या भएको थियो । जनकपुरधामको सरन्चीया कुट्टिनजिक २२ वर्षिया सीमा र दुई वर्षिया गौरी शर्मा माघ १ गते घरमै मृत अवस्थामा भेटिइन् । प्रदेश दुईमा हत्याका घटनाको तथ्यांक डरलाग्दो छ । गएका छ महिनामा यस प्रदेशमा एक सय १० जनाको हत्या भएको छ ।

गएको तीन वर्षको तथ्यांक हेर्ने हो भने प्रदेश २ का आठ जिल्लामा २३ सय ९४ वटा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगका घटना भए । सम्पति र लेनदेनको विवाद, यौन सम्बन्ध, घरेलु हिंसा लगायतका कारणले हत्या र आत्महत्याको घटना बढ्दै गएको प्रहरी अनुसन्धानले देखाएको छ ।

खुला सीमानाका कारण भित्रिने हतियार, लागू पदार्थको बढ्दो दुब्र्यसनी लगायतका कारण हत्याका घटना बढ्दै गएकाछन् । हत्याको डरलाग्दो श्रृंखला देखिदा नियन्त्रणमा प्रहरी सफल भएको छैन । फितलो अनुसन्धानका कारण दोषीले मुक्ति पाउने गरेकाले पनि हत्याका घटना बढेका हुन् । आपराधिक घटनाको नियन्त्रणका साथै अनुसन्धान र कारवाहीमा प्रहरीले प्रभावकारी कदम नचाल्दा नागरिक असुरक्षा बढेको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ