छ लाख चाँदी सहित पक्राउ

समाचार

11/22/2018

पर्सा, ६ मंसिर । नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको रु. छ लाखभन्दा बढी मूल्यको चाँदीसहित प्रहरीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिकाको सिर्सियाबाट रु ६ लाख ३० हजार मूल्य पर्ने १० किलोग्राम चाँदीसहित भारत बिहार पश्चिम चम्पारण चनपटिया निवासी गुलसन साह कानुलाई नियन्त्रणमा लिएको हो ।

वी आ २२ ए डी ३५२० नं को मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका कानुलाई सिर्सिया नाकामा रोकी जाँच गर्दा दुई पोका चाँदी बरामद भएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा उपरीक्षक ढकालले चाँदीसहित पक्राउ परेका कानु तथा बरामद भएका वस्तुसहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने तयारी भएको सञ्चारकर्मीलाई बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ