धनगढी, २४ पुस । ‘देशभरिका च्याउ किसानहरु एक हौँ भन्ने नाराका साथ विभिन्न मागसहित धनगढीमा राष्ट्रिय च्याउ जागरण अभियान आइपुगेको छ ।
राष्ट्रिय च्याउ जागरण अभियानमा सहभागी च्याउ उत्पादन किसानले बुधबार धनगढी उपमहानगरपालिका–१२ जुगेडामा रहेको केदार च्याउ फार्ममा एक कार्यक्रम आयोजना गरेको थिए ।
च्याउ उत्पादक किसान सङ्घ नेपालको आयोजनामा जारी जागरण अभियानमा स्वदेशमा गुणस्तरीय च्याउ उत्पादन र बजारीकरणमा सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने किसानमैत्री च्याउ नीति तथा च्याउ खेतीमा बीमाको व्यवस्था गर्नुपर्ने लगायतका माग अघि सारिएका छन् ।
देशभरका ३५ हजार बढी च्याउ उत्पादक किसान आबद्ध संस्थाले पहिलोपटक राष्ट्रिय जागरण अभियान सुरु गरेको सङ्घका अध्यक्ष प्रेमनारायण अधिकारीले बताए ।
तपाईको प्रतिक्रिया