जचुकालीको बोर्ड हटाउन प्रदेश मन्त्रीको चेतावनी

समाचार

2/1/2019

जनकपुरधाम, १७ माघ । जनकपुर चुरोट कारखाना लिमिटेडको सम्पत्ति बिक्री गर्ने खेलमा संघीय सरकार लागेकोे प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले दावी गरेका छन् ।

चुरोट कारखाना निजि लगानीकर्तालाई लिजमा दिने दाउमा लागेको मन्त्री यादवको आरोप छ ।
संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले प्रदेश २ सरकारले कारखानाको संरचना र जग्गा कब्जा गरेर बसेको भन्दै मुख्यमन्त्री लालबाबु राउतको आलोचना गरेका थिए ।

मन्त्री यादवले भने, ‘हिम्मत छ भने प्रदेश सरकारको बोर्ड हटाएर देखाउनुहोस् । हामीसँग प्रदेश २ का जनता छन् ।’ चुरोट कारखाना सञ्चालन भएको स्थानमा अब पुनः चलाउन नमिल्ने उनले जनाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ