जुत्ताचप्पल गोदाममा आगलागी हुँदा ३० लाखको क्षति

समाचार

5/13/2019

कैलाली, २९ बैशाख । धनगढी उपमहानगरपालिका ३ स्थित कन्चनपुर शुक्लाफाँटा नगरपालिका ५ बस्ने जगदिश जोशीको जुत्ता चप्पलको गोदाममा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा घर, जुत्ता चप्पल र १ थान मोटरसाइकल समेत जलेर करिब ३० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ