जनकनन्दनी–४ मा ज्येष्ठ नागरिकलाई कम्बल वितरण

समाचार

1/27/2020

जनकपुरधाम, १४ माघ । जिल्ला विपत व्यव्स्थापन समिति र क्लोथ बैंक धनुषाको संयुक्त प्रयासमा युनिसेफद्वारा प्रदान गरिएको कम्बल जनकनन्दनी गाउँ पालिका वार्ड नम्बर–४ खजुरी चनहाको ७० जना दलित जेष्ठ नागरिकहरुलाई प्रदान गरिएको छ ।

विपद व्यव्स्थापन समितिको तर्फबाट सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती, सामाजिक कार्यकर्ता मनोज साह, क्लोथ बैंकको तर्फबाट अध्यक्ष राजीव झासहित सदस्यद्वय ललन यादव र सोनु झा, जनकनन्दनी गाउँपालिकाको सुपरभाइजर, सशस्त्र प्रहरी खजुरीको प्रहरी निरीक्षक कपिल राज गिरीको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ