काठमाडौं, १२ चैत । चैत २० र २१ गते जनकपुरधाममा १८ औँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन हुने भएको छ ।
नेपाल राष्ट्रिय हिन्दी सम्मेलनद्वारा आयोजना हुने सो सम्मेलनमा हिन्दी भाषाबारे विचारविमर्श, कविगोष्ठी र स्रष्टालाई सम्मान गरिने जनाइएको छ ।
सो अवसरमा यस वर्षको राजर्षि जनक प्रतिभा पुरस्कार डा रामदयाल राकेशलाई प्रदान गरिने निर्णय गरिएको सम्मेलनका अध्यक्ष एवं वरिष्ठ पत्रकार राजेश्वर नेपालीले जानकारी दिए ।
सो पुरस्कारको राशि रु ५५ हजार ५५५ छ । त्यस्तै सम्मेलनमा नेपालका १० र भारतका दुई स्रष्टालाई सम्मान गरिने बताइएको छ ।
तपाईको प्रतिक्रिया