जनकपूरधाम, ४ चैत । राष्ट्रिय जनता पार्टी नेपाल निकट राष्ट्रिय विद्यार्थी संघको प्रशिक्षण कार्यक्रम आइतबार जनकपुरधाममा सम्पन्न भएको छ ।
प्रशिक्षण कार्यक्रम राजपा नेपालका महामन्त्री एवं प्रदेश २ का भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको प्रमुख आतिथ्यतामा भएको हो ।
प्रशिक्षण कार्यक्रमको अध्यक्षता राविसंघ जिल्ला अध्यक्ष त्रिदेव मिश्र, विशिष्ट अतिथि वन, उद्योग तथा पर्यटन राज्यमन्त्री सुरेश मंडल, प्रमुख सचेतक परमेश्वर साह, प्रमुख प्रशिक्षक जय निशान्त, राजपा प्रवक्ता कृष्णा सिंह लगायतको उपस्थिति थियो ।
यसैगरी, राजपा धनुषा जिल्ला संयोजक प्रमोद यादव, विषय प्रवेश राविसंघ केन्द्रीय अध्यक्ष मनिष मिश्र, वक्ताहरू राविसंघ केन्द्रीय अध्यक्षगण ज्ञानेन्द्र झा, लालबाबु साहले मन्तव्य राखेका थिए ।
कार्यक्रममा राष्ट्रिय विद्यार्थी संघका सहअध्यक्ष शम्भु झा निर्दोषी, पूर्व विद्यार्थी नेता अजय झा, उपाध्यक्षगण सुभाष कर्ण, नरेन्द्र यादव, सहमहासचिव अभयकान्त झा, प्रवक्ता पंकज राय, जिल्ला अध्यक्ष प्रदिप सिंह, रोशन मिश्र, दिनेश यादवलगायतका नेताहरूको उपस्थिति थियो ।
कार्यक्रममा उदघोषण राविसंघ केन्द्रीय उपाध्यक्ष मिथलेश यादव र स्वागत मन्तव्य केन्द्रीय महासचिव रोशन मिश्रले राखेका थिए ।
तपाईको प्रतिक्रिया