जनकपुरधाम, ९ फागुन । मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई खुला मदिरा मुक्त बनाइने बताएका छन् । महाशिवरात्रीको अवसरमा व्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरले आयोजना गरेको प्रवचन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले जनकपुरको धार्मिक महत्वलाई दृष्टिगत गर्दै खुला मदिरा मुक्त शहर घोषणा गर्ने प्रदेश सरकारको तयारी रहेको बताए ।
उनले प्रहरी हस्तान्तरण भए लगतै खुल्ला मदिरा मुक्त अभियान जनकपुरधामबाट शुरु गरि क्रमशः प्रदेश भरि लागु गर्दै जाने बताएका छन् ।
सेवा केन्द्रका संचालिका सृजना देवीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोलनले शान्ति विना विकास सम्भव नरहेकाले हरेक व्यक्तिलाई आफनै मनबाट शान्तिको सुरुवात गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य परमेश्वर साह सहितका वक्ताहरुले सम्बोधन गरेका थिए । राजयोग सेवा केन्द्र जनकपुरनगरमा शान्ति यात्रा समेत निकालेको छ ।
तपाईको प्रतिक्रिया