जनकपुरधाम–लखनऊ बस सेवा शुरु

समाचार

11/20/2018

जनकपुरधाम, ३ मंसिर । भारतको उत्तर प्रदेशको राजधानी लखनऊबाट प्रदेश २ को राजधानी जनकपुरसम्म बस सेवा शुरु भएको छ ।

नेपाल सरकारले लखनऊबाट जनकपुरसम्म सञ्चालन गर्न दुई वटा बसलाई अनुमति दिएको छ । उत्तर प्रदेश सरकारले सञ्चालन गर्दै आइरहेको अवध डिपोको ५२ सिट क्षमतासहितको एसी बस सञ्चालनमा ल्याएको छ ।

लखनऊको आलमबाग बसपार्कबाट हरेक दिन जनकपुरका लागि बस छुट्ने बताइएको छ । लखनऊबाट अपराह्न २ बजे हिँड्ने बस ६९२ किलोमिटर यात्रा पूरा गरी भोलिपल्ट बिहान ६ बजे जनकपुर पुग्ने छ ।

उक्त दुरीमा यात्रु भाडा भारतीय रु ९२८ कायम गरिएको छ । लखनऊबाट अयोध्या हुँदै हिँडेको बस आइतबार अपराह्न जनकपुर पुगेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ