जनकपुरधाम, ६ कार्तिक । जनकपुरधाममा दिनदहाडै गोली हानी एक जनाको हत्या भएको छ ।
बुधबार बिहान वडा नम्बर १४ मुजेलियास्थ्ति विद्युत प्राधिकरण नजिकै ४० वर्षीय मनोज साहमाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट उनको मृत्यु भएको छ ।
स्थानीय पंकज साहले पैसा माग्न जाँदा विवाद हुँदा गोली हानी हत्या गरेका हुन् ।
पक्राउ परेका पंकजको साथबाट प्रहरीले कटुवा पेस्तोल तथा गोली बरामद गरेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया