जनकपुरमा रात्रीकालीन उडान हुने

समाचार

11/2/2018

जनकपुरधाम, १५ कार्तिक । जनकपुरस्थित विमानस्थलमा रात्रीकालीन सेवा दिने तयारी भइरहेको छ ।

अहिलेसम्म दिवाकालीन सेवामात्र सञ्चालन हुँदै आएको जनकपुर विमानस्थलबाट पुस महिनादेखि रात्रीकालीन सेवा सञ्चालन गर्ने तयारी नागरिक उड्डयन प्राधिकरणले गरेको छ ।

आवश्यक सुविधाको अभावमा जनकपुर विमानस्थलमा हालसम्म रात्रीकालीन सेवा सुरू हुन सकेको थिएन । तर प्राधिकरणको वार्षिकोत्सवको मौका पारेर पुस महिनादेखि रात्रीकालीन सेवा सञ्चालन गर्ने लक्ष्यका साथ विमानस्थलले काम थालेको छ ।

पुसबाट रात्रीकालीन सेवा सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको विमानस्थल प्रमुख मुरारीप्रसाद पौडेलले बताए । उनका अनुसार रनवेमा बत्ति जडान कार्य सुरू भइसकेको छ भने समयभित्रै काम सकिने छ ।

यस्तै रात्रीकालीन सेवा सुरू गर्न ‘रनवे लाइट’ र ‘आइएफआर’ प्रणाली जडान गर्ने काम पनि सुरू भएको छ । पुस १६ गतेदेखि रात्रीकालीन सेवा शुरू गर्ने लक्ष्य राखिएको पनि विमानस्थल प्रमुख पौडेलले बताए । २०२४ सालदेखि सञ्चालनमा आएको जनकपुर विमानस्थल सुविधाको दृष्टिकोणले ज्यादै कमजोर देखिन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ